सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १८ असार ।
सिद्धार्थ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, सेवा र विकासका लागि युवा संस्था तथा नेपाल–भारत सहयोगको संयुक्त आयोजनामा विद्यार्थीलाई एक–एक थान विद्यालय झोला, दुई–दुई थान कापी तथा एक–एक थान कलम वितरण गरिएको थियो। साथै विद्यालयलाई शब्दकोश तथा अंग्रेजी बोलचालसम्बन्धी पुस्तकहरू वितरण गरिएको आयोजकले जनाएको छ।
प्राज्ञिक विद्यार्थी परिषद, नेपालकी राष्ट्रिय उपाध्यक्ष लक्ष्मी कर्णको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक विनोद मेहता, परिषदकी राष्ट्रिय छात्रा प्रमुख डा. सुष्मा तिवारी, सेवा र विकासका लागि युवा संस्थाका प्रदेश अध्यक्ष गौरव बर्मा, केन्द्रीय सदस्य घनश्याम नायक, विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको पनि सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन परिषदका माध्यमिक विद्यालय संयोजक सन्नी दुबेले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरुः