यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका महतो रिहा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १९ –

यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका सेवाग्राही रामकुमार महतो अभद्र व्यवहार सम्बन्धी मुद्दामा पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको इजलासबाट उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

वीरगंज–१२ निवासी २४ वर्षीय महतोलाई गत मंगलबार मोटरसाइकल नामसारीका लागि यातायात व्यवस्था कार्यालय पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक कागजात नपुगेको भन्दै नामसारी प्रक्रिया रोकिएपछि फाँट प्रमुखसँग विवाद भएको र त्यसपछि प्रहरी बोलाएर नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरीले बुधबार महतोविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो। घटनाबारे समाचार सार्वजनिक भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको र बिहीबार जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको मुद्दामा धरौटीमा रिहा गर्न आदेश भएको हो।

भर्खरै

सम्बन्धित पोस्टहरुः