अस्ट्रेलियाबाट राकेशको शव तत्काल ल्याउन सांसद कानुको माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १९ –

वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका पर्साका एक युवाको मृत्यु भएको तीन महिना बितिसक्दा पनि पार्थिव शरीर नेपाल ल्याउन नसकिएको विषय प्रतिनिधिसभामा उठाइएको छ।

पर्सा–२ का सांसद सुशील कुमार कानुले प्रतिनिधिसभा बैठकमा पर्सागढी–७ बागेश्वरी निवासी २९ वर्षीय राकेश पटेलको अस्ट्रेलियामा तीन महिनाअघि मृत्यु भएको भए पनि हालसम्म शव स्वदेश ल्याउन नसकिएको बताएका हुन्।

मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गरिए पनि आवश्यक प्रक्रिया अघि नबढेको भन्दै सांसद कानुले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले पार्थिव शरीर यथाशीघ्र सम्मानपूर्वक नेपाल ल्याउन कूटनीतिक पहल गर्न तथा विदेशमा रहेका नेपालीको सुरक्षा र उद्धारप्रति सरकार संवेदनशील बन्न आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः