वीरगंज, असार १९ —
वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगंजस्थित टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा छापा मारी एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा यातायात व्यवस्था कार्यालय नजिक रहेको कार्यालयमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा छापा मारिएको हो।
छापाका क्रममा प्रहरीले केही कागजात समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। नियन्त्रणमा लिइएका कर्मचारी र बरामद कागजात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिए।






