वीरगंज, १९ असार ।
आइसिपी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुर्ई जना घाइते भएका छन् ।
दुर्घटनामा पर्साको पोखरिया नगरपालिका–१० निवासी विक्रम राउत अहिरको टाउकोमा चोट लागेको छ भने मोटरसाइकल चालक सोही स्थानका ३६ वर्षीय दीपक प्रसाद यादवको दाँत र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरू म.प्र.–०२–९९६० नम्बरको मोटरसाइकलमा सवार रहेका बेला ना.७ ख ३९४१ नम्बरको ट्र्कले आइसिपी चोकमा ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा संलग्न ट्र्क बारा जिल्लाको जितपुर–सिमरा उप महानगरपालिका–१६ निवासी विदुर उप्रेतीका २५ वर्षीय छोरा कमल उप्रेतीले चलाइरहेका थिए। घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनावारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







