वीरगंज, असार २० –
वीरगंजको आदर्शनगर चोकमा शनिबार बिहान मेनरोडका घरधनीहरूले सडक विस्तारका लागि सञ्चालन गरिएको डोजरको विरोध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।
डोजर सञ्चालन तत्काल रोक्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका स्थानीयले केही समय सडकसमेत अवरुद्ध गरेका थिए। प्रदर्शनका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।
सडक विस्तार अभियानलाई लिएर स्थानीय र सम्बन्धित निकायबीच विवाद चुलिँदै गएको छ। घटनाबारे सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।







