वीरगंज , असार २० –
फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल चरणका खेल आजदेखि सुरु हुँदैछन्।
पहिलो खेलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे सहआयोजक क्यानडा र मोरक्को भिड्नेछन्। दोस्रो खेल भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच हुनेछ।
नकआउट चरणको अन्तिम खेलमा घानालाई १–० ले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा पुगेपछि प्रि–क्वाटरफाइनलको समीकरण पूरा भएको हो। यस चरणमा क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, अमेरिका, बेल्जियम, पोर्चुगल, स्पेन, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, अर्जेन्टिना, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बियाले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि चार पटकको विश्वविजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल र नवप्रवेशी केब भर्डे प्रतियोगिताबाट बाहिरिएका छन्।







