पर्सा चेस च्याम्पियनमा झा र श्रेष्ठ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २१ असार।
पर्सा चेस च्याम्पियनसिप–२०८३ मा प्रतियोगितामा बालकतर्फ मुनलाइट स्कुलका ब्राहमण विश्वास झा प्रथम र बालिकातर्फ मुनलाइट स्कुलकै सनम श्रेष्ठ प्रथम भएका छन्।
दुर्ई दिने प्रतियोगितामा बालकतर्फ रिसब कुमार द्वितीय र संस्कार आर्याल तृतीय भए भने बालिकातर्फ आफ्रिन खातुन द्वितीय र दिब्यांशी सिकारिया तृतीय भएकी छन्।
पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा युथलिंक वीरगंजले आयोजना गरेको प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालय तथा क्लबबाट गरी करिब १०० जनाले भाग लिएका थिए।
युथलिंक वीरगंजका अध्यक्ष अभिषेक सर्राफको अध्यक्षता तथा पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष सुलभ केसीको प्रमुख आतिथ्यतामा आइतवार प्रतियोगिताको समापन समारोह सम्पन्न भएको हो।
कार्यक्रममा मुनलाइट स्कुलका संस्थापक श्याम केसी, मानवसेवा आश्रमका देवेश गुप्ता, ओम झा, सञ्चारकर्मी अभिलाष गुप्ता, अजित भुजेल, उज्ज्वल घिमिरे, युथलिंक वीरगंजका उपाध्यक्ष रोशनकुमार सोनार, बीपीसी कलेजका बासु कर्णलगायतको उपस्थिति रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः