वीरगंज, २१ असार।
नारायणी यातायात व्यवसायी संघको क्षेत्रीय कार्यालयले व्यवसायीहरूको हक हितका लागि सरकारलाई दबाब दिन व्यवसायी भेला गरेको छ।
आइतवार नारायणी यातायात व्यवसायी संघ क्षेत्रीय कार्यालय वीरगंजद्वारा डायमण्ड होटलमा आयोजना गरिएको भेलामा वक्ताहरूले आआप्mनो धारणा राखेका थिए।
व्यवसायीहरूले आफ्ना सवारी साधनलाई संघमा नवीकरण गरेर सुरक्षित तरिकाले रहन आग्रह गर्दै अहिलेको वर्तमान सरकारले व्यवसायीहरूको हक हितका लागि खासै काम नगरेको गुनासो गरे। सरकारलाई दबाब दिन सबै व्यवसायी एकजुट भएर लाग्नुपर्ने धारणा राख्दै यसो गर्नाले मात्र आफूहरूको व्यवसाय दीर्घकालीन टिकाउ हुने विश्वास व्यक्त गरेका थिए।
सवारी साधनहरू दुर्घटना हुने भएकोले बीमा रकम बराबर शुल्कहरू पनि बढाउन आवश्यक रहेको यसका लागि सबै व्यवसायहरू एक भएर बीमा रकम शुल्क पनि कसरी बढाउन सकिन्छ भन्ने वारेमा सो भेलामा आवाज उठेको थियो।
दुर्घटना बीमा २ लाख मात्र भएकोले समय अनुकूल यसलाई पनि बढाएर कम्तिमा १० लाख गर्नुपर्ने यसो गर्नाले सबैलाई फाइदा हुने बताइएको छ।
संघका अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षतामा भएको भेलामा बीरगंज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, विनोद मानन्धर, वीरेन्द्र कुर्मी, अमरजित सिंह, महासचिव सरोज कुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई,ं महेश कुमार दास, जगन्नाथ कलवार, विशाल रायमाझी लगायत बस व्यवसायी एवं बस सञ्चालकहरूको उपस्थिति रहेको थियो।






