एकदिने रोजगार मेला सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २१ असार।
नेपाल उद्योग वाणिज्य महासंघ र वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा आइतवार एकदिने रोजगार मेला सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट मार्फत युवाहरूलाई उद्यमशीलता बनाउन प्रदेश सरकारले भारी मात्रामा बजेट विनियोजन गरेको बताए। अब रोजगारी खोज्ने होइन आफूले रोजगार दिने जस्ता योजनाहरू ल्याउनुपर्ने र त्यस्ता रोजगार बन्न चाहने युवाहरूलाई प्रोत्साहन स्वरूप बजेट सहुलियत रूपमा उपलब्ध गराउने पर्यटनमन्त्री पटेलको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश उद्योग विभागका निमित्त महानिर्देशक रिमा साह, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, रोजगार मेला संयोजक तथा संघका सह–सचिव अनुप अग्रवाल, महासंघका सह–निर्देशक हरि पौडेल, वीरगंज च्याप्टरका अध्यक्ष अनिल जयसवाल तथा नेपाल युवा मञ्च, वीरगंज च्याप्टरका अध्यक्ष चन्दन सिंह लगायतले मन्तव्य राखेका थिए।
उनीहरुले बीरगंजमा पहिलोपटक युवाहरूलाई रोजगार मेलाको अवसर जुटाउने र उक्त मेलाबाट उद्योगीहरूले पनि चाहेका युवाहरूलाई रोजगारीमा प्रत्यक्ष अवसर जुट्ने भएकोले यो स्वयं उपस्थित हुनुले उद्योगी र युवाहरूको बीचको सहकार्यले उद्योग व्यवसायीमा राम्रो उपलब्धि हुने अपेक्षा गरिएको बताएका थिए।
कार्यक्रमको अध्यक्ष्Fता गर्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले युवाहरूलाई उद्यमशीलता र रोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक रोजगार मेला आयोजना गरिएको बताए।
अध्यक्ष गौतमले बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा उद्योग–व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने बताए। उद्योग व्यवसायीहरूको लागि सरकारले वातावरण खासै सिर्जना नगरेको गुनासो गर्दै विगतका सरकारहरू जस्तै यस सरकारले पनि उद्योग व्यवसायहरूको हितका निम्ति काम नगरेको गुनासो गरे।
संघको आह्वानमा २४ वटा उद्योगहरूले स्वरोजगार मेलामा आफ्ना स्टलहरू राखेर युवाहरूलाई आआफ्नो कम्पनीमा कस्ता जन शक्तिहरूको आवश्यकता पर्ने भन्ने विषयमा जानकारी गराएका थिए।
रोजगार मेलाको उद्देश्य, सञ्चालन प्रक्रिया तथा उपलब्ध अवसरवारे रोजगार मेला संयोजक अनुप अग्रवालले जानकारी गराउनुभएको थियो।
कार्यक्रममा धन्यवाद ज्ञापन वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले गरेका थिए भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः