कारागारमा झडपमा १९ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

कोलम्बो, २२ असार:
श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

आइतबार दिउँसो करिब १ बजे कैदीका दुई समूहबीच झडप भएपछि घटना सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः हिंसा भड्किएको बताइएको छ ।

मृतक तथा घाइतेमध्ये कारागारका अधिकारी र सुरक्षाकर्मीहरू पनि रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः