एनपीएलमा आसिफ शेख अब लुम्बिनी लायन्सबाट खेल्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २३ –

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा आबद्ध भएका छन्।

सुरुवाती दुई संस्करणमा जनकपुर बोल्ट्सका मार्की खेलाडी रहेका आसिफ यसपटक रिलिज भएपछि लक्की ड्रमार्फत लुम्बिनी लायन्समा पुगेका हुन्।

क्याटेगोरी ‘ए’ का खेलाडी आसिफका लागि जनकपुर बोल्ट्ससहित सात टोलीले प्रतिस्पर्धात्मक बोली लगाएका थिए। चितवन राइनोजले भने उनीमाथि बोली लगाएन।

१५ लाख रुपैयाँ आधार मूल्यबाट सुरु भएको बोली अधिकतम २० लाख रुपैयाँसम्म पुगेपछि लक्की ड्रमार्फत लुम्बिनी लायन्सले उनलाई आफ्नो टोलीमा भित्र्याएको हो। आसिफको आगमनसँगै लुम्बिनी लायन्सले आगामी एनपीएलका लागि आफ्नो टोली थप बलियो बनाएको छ।

सम्बन्धित पोस्टहरुः