प्रधानमन्त्री बालेनविरुद्ध अपमानजनक सामग्री पोस्ट गर्ने युट्युबर जेल चलान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २३ –

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि जेल चलान भएका छन्।

पाँचथर जिल्ला अदालतले साइबर अपराध मुद्दामा सुनुवाइ गर्दै उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

प्रहरीका अनुसार पोखरेलले फेसबुक, टिकटक र इन्स्टाग्राममार्फत प्रधानमन्त्री र उनको परिवारको मान–प्रतिष्ठामा आँच पुग्ने सामग्री पोस्ट गरेका थिए। गत चैत २६ गते पक्राउ परेका उनीविरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको थियो।

अदालतमा बयानका क्रममा पोखरेलले ती सामग्री आफूले लाइक, कमेन्ट र भ्युज बढाउने उद्देश्यले पोस्ट गरेको स्वीकार गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको मोबाइल फोन, सिम कार्ड र अन्य डिजिटल सामग्री पनि बरामद गरेको जनाएको छ।

डिजिटल प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा उनी निर्दोष भन्न सकिने अवस्था नरहेको ठहर गर्दै अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

सम्बन्धित पोस्टहरुः