एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २३ —

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख २९ हजार १ सय ९४ विद्यार्थीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।

जीपीएका आधारमा सबैभन्दा धेरै ५१ हजार ४ सय ३८ विद्यार्थीले २.४० देखि २.८० सम्मको ग्रेड प्राप्त गरेका छन्।

बोर्डले नतिजा आफ्नो वेबसाइट तथा एसएमएस सेवामार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझेका विद्यार्थीले तोकिएको अवधिभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा असार १ देखि ९ गतेसम्म सञ्चालन गरेको थियो।

सम्बन्धित पोस्टहरुः