पत्रकार साहले पाए जिल्ला अदालत पर्साबाट सफाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २३ —

पर्सा जिल्ला अदालतले पत्रकार जियालाल साहविरुद्ध दायर गरिएका चारवटै मुद्दामा सफाइ दिएको छ।

निलम्बित वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले दायर गरेका लिखित बेइज्जती, विद्युतीय कारोबार, वैयक्तिक प्रतिष्ठा तथा अदालतको अवहेलना सम्बन्धी मुद्दामा अदालतले अभियोग पुष्टि हुन नसकेको ठहर गरेको हो।

पत्रकार साहले २०८० पुसमा राजेशमान सिंहसँग सम्बन्धित नागरिकता प्रकरणबारे खोजमूलक समाचार सार्वजनिक गरेका थिए। त्यसपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे अनुसन्धान थालेका थिए।

उक्त प्रकरणमा अख्तियारले राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सो मुद्दा हाल विचाराधीन रहेको छ।

सम्बन्धित पोस्टहरुः