काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नयाँ मौद्रिक नीतिमा यसअघि अवलम्बन गरिएको लचिलो नीतिलाई निरन्तरता दिएको बताएका छन् । मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर पौडेलले भने, ‘सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदीले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाब नपर्ने आँकलन छ । त्यसैले मौद्रिक नीतिको लचिलो नीतिलाई निरन्तरता दिइएको छ ।’
उनका अनुसार तरलता प्रकृतिका अनुसार उपकरण प्रयाग गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ । यस मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुनेगरि नीतिगत सुधारमा जोड दिएको गभर्नर पौडेललेको दाबी छ ।






