युवाहरूसँग उपमेयरका श्रीमानले गरे दुर्व्यवहार

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा सार्वजनिक बजेटबाट खरिद गरिएको सामग्रीको विवरण माग्न पुगेका स्थानीय युवामाथि दुर्व्यवहार भएको आरोप लागेको छ।

स्थानीय युवाहरूका अनुसार मठ–मन्दिरका लागि विनियोजन गरिएको करिब ५ लाख रुपैयाँको बजेटबाट खरिद गरिएका माइक, स्पिकरलगायत सामग्रीको लागत, खरिद प्रक्रिया तथा सम्बन्धित विवरण माग्न नगरपालिकामा पुगेका थिए । सोही क्रममा उपमेयर सुश्मा कुशवाहाका श्रीमान् विक्की कुशवाहा र नगरपालिकाका एक कार्यालय सहयोगीले अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ ।

युवाहरूले सार्वजनिक बजेटबाट खरिद गरिएका सामग्रीबारे जानकारी माग्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै विवरण उपलब्ध गराउनुको सट्टा दुर्व्यवहार गरिएको दाबी गरेका छन् ।

घटनापछि बहुदरमाई नगरपालिकाको कार्यशैली तथा सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिताको विषयलाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ ।

यस विषयमा उपमेयर कुशवाहसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क भएन ।

सम्बन्धित पोस्टहरुः