वीरगंज, २३ असार । भारत–नेपाल सीमास्थित रक्सौल नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरेकी एक युक्रेनी महिला भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेकी छन।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा प्रहरी र सशस्त्र सीमा बलले वैध यात्रा कागजात तथा भिसा बिना नेपाल प्रवेश गर्ने प्रयासमा महिलालाई पक्राउ गरिएको जनाइएको छ ।
भारतीय गुप्तचर तथा सुरक्षा निकायहरूले महिलासँग विस्तृत सोधपुछ गरिरहेका छन। उनी भारत कसरी आइन, नेपाल जानुको उद्देश्य के थियो, र यस घटनामा अन्य कुनै व्यक्ति वा सञ्जालको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन।






