वीरगंज, असार २४ —
स्विट्जरल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम–१६ अन्तर्गत भर्खरै सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै स्विस टोलीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।
यस जितसँगै स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ। अर्जेन्टिनाले यसअघि इजिप्टलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।







