आज बेलुका पृथ्वीका ९९ प्रतिशत मानिसले एकैसाथ सूर्यको उज्यालो देख्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार – २४

आज बेलुका पृथ्वीका झन्डै ९९ प्रतिशत मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ–बिहानको मधुरो उज्यालो अनुभव गर्ने भएका छन्।

पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण नेपाली समयअनुसार बेलुका ४ बजेर ५५ मिनेटमा करिब एक मिनेटसम्म यस्तो दुर्लभ अवस्था रहनेछ।

यस अवधिमा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका तथा अधिकांश एशिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्युजिल्यान्ड र अन्टार्कटिकाजस्ता कम जनसङ्ख्या भएका क्षेत्र मात्र अन्धकारमा रहनेछन्।

विज्ञहरूका अनुसार सामान्यतया पृथ्वीको आधा भाग मात्र सूर्यतर्फ फर्किए पनि जनसङ्ख्या धेरै भएका महादेशहरू उज्यालोमा पर्ने भएकाले गर्मीयाममा विश्वका झन्डै ९९ प्रतिशत मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न सक्ने अवस्था सिर्जना हुन्छ।

टाइम एन्ड डेटका अनुसार यस्तो अवस्था हरेक वर्ष मे १८ देखि जुलाई १७ बीच दोहोरिने गर्छ।

सम्बन्धित पोस्टहरुः