वीरगंजमा ब्राउन सुगर र गाँजासहित दुई युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २४ —

वीरगंजमा प्रहरीले ब्राउन सुगर र गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ घर भई हाल वीरगंज महानगरपालिका–२४ रामगढवामा डेरा गरी बस्ने २१ वर्षीय राहुल बैठा र सुनसरीको इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन्।

अस्थायी प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले रामगढवास्थित बैठाको डेरामा छापा मार्दा ३ ग्राम ७२ मिलिग्राम ब्राउन सुगर र एक पुरिया गाँजा बरामद गरेको थियो। सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

सम्बन्धित पोस्टहरुः