४० वर्षपछि टुंगियो सिन्धिया सम्पत्ति विवाद, उषा राजे राणालाई अर्बौंको हिस्सा

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, असार २५ —

भारतको चर्चित सिन्धिया राजपरिवारबीच चार दशकदेखि चल्दै आएको अर्बौं रुपैयाँको सम्पत्ति विवाद समाधानतर्फ पुगेको छ। विवाद टुंगिने सहमतिसँगै राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराकी पत्नी उषा राजे राणाको हिस्सामा पनि ठूलो सम्पत्ति पर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार परिवारबीच ‘जसको कब्जा, उसकै स्वामित्व’ भन्ने सहमतिअनुसार सम्पत्ति बाँडफाँड गरिनेछ। यसअन्तर्गत दिल्ली, ग्वालियर, मुम्बई र पुणेसहितका बहुमूल्य महल, बंगला र जग्गा सम्बन्धित पक्षको स्वामित्वमा जानेछन्।

रिपोर्टअनुसार सिन्धिया परिवारको कुल सम्पत्तिको मूल्य १० हजार करोड भारतीय रुपैयाँभन्दा बढी रहेको अनुमान छ। प्रारम्भिक अनुमानमा उषा राजे राणाको हिस्सामा ४० अर्बदेखि १ खर्ब नेपाली रुपैयाँसम्म बराबरको सम्पत्ति पर्न सक्ने बताइएको छ।

ग्वालियर जिल्ला अदालतमा सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। अदालतबाट औपचारिक स्वीकृति पाएसँगै ४० वर्षदेखि अदालतमा रहेका सम्पत्ति सम्बन्धी एक दर्जनभन्दा बढी मुद्दाको अन्त्य हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः