सुकुम्बासी व्यवस्थापनबारे एमालेको सरकारको ध्यानाकर्षण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २५ —

नेकपा एमालेले सुकुम्बासीको व्यवस्थापन प्रभावकारी ढंगले हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद एशुदा कुमारी बरालले सुकुम्बासीलाई २५ हजार रुपैयाँ दिएर आफ्नो व्यवस्थापन आफैं गर्न भन्नु व्यवहारिक समाधान नभएको बताइन्।

उनले सुकुम्बासीलाई उचित व्यवस्थापनबिना विस्थापित गर्दा मानवअधिकार हनन हुने भन्दै सरकारलाई संवेदनशील भएर दीर्घकालीन समाधान खोज्न आग्रह गरिन्। साथै, गरिब तथा भूमिहीन नागरिकका समस्या समाधानमा तत्काल पहल गर्न सरकारसँग मागसमेत गरिन्।

सम्बन्धित पोस्टहरुः