एक वर्ष सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार २७ —

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

ट्राफिक नियम र जरिवानासम्बन्धी आफ्नो अभिव्यक्ति विवादमा परेपछि उनले फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्। उनले अत्यन्तै सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि पत्रकार, युट्युबर वा सामाजिक सञ्जाललाई अन्तर्वार्ता नदिने बताएका छन्।

पुनले ट्राफिक जरिवानासम्बन्धी आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी पनि मागेका छन्। उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही हुनुपर्ने आशय व्यक्त गरेको स्पष्ट पार्दै ५० हजार रुपैयाँ जरिवानाको प्रसंग आफूले नभई अन्तर्वार्ताकारले उठाएको दाबी गरेका छन्।

उनले ट्राफिक नियमको पालना नगर्ने र अपराध गर्नेलाई आवश्यक जरिवाना तथा सजाय हुनुपर्ने धारणा दोहोर्याउँदै आफ्नो भनाइलाई अन्यथा नबुझ्न आग्रह गरेका छन्।

सम्बन्धित पोस्टहरुः