राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याउने कदमको सांसद पन्तद्वारा समर्थन

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार २७ —

प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि) ले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने सरकारी निर्णयको समर्थन गरेका छन्।

प्रतिनिधिसभामा ‘नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन विधेयक, २०८३’ माथिको छलफलमा बोल्दै उनले विभागलाई प्रधानमन्त्री मातहत राख्दा राष्ट्रिय सुरक्षा, अन्तर–निकाय समन्वय र सूचना प्रवाह थप प्रभावकारी हुने बताए।

उनले सरकारले सुशासनका लागि आवश्यक कानुनी सुधार गर्दै आएको दाबी गर्दै अनुसन्धान विभागले अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेकाले यस्तो व्यवस्था आवश्यक भएको उल्लेख गरे।

सांसद पन्तले प्रधानमन्त्री कार्यालय मातहत विभाग आएपछि राष्ट्रिय हितसँग सम्बन्धित सूचना सिधै प्रधानमन्त्रीसम्म पुग्ने र विभागको कार्यक्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरे।

सम्बन्धित पोस्टहरुः