बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २७ —

स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो।

स्पेनका लागि फाबियान रुइजले पहिलो गोल गरे भने खेलको ८८औँ मिनेटमा वैकल्पिक खेलाडी मिकेल मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। बेल्जियमका चार्ल्स डे केटेलारेले पहिलो हाफमै बराबरी गोल फर्काएका थिए।

यस जितसँगै स्पेनले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। फ्रान्स यसअघि नै मोरक्कोलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ। युरोपेली च्याम्पियन स्पेनले लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधितर्फ अर्को महत्वपूर्ण कदम चालेको छ भने बेल्जियमको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।

सम्बन्धित पोस्टहरुः