तस्करीका लागि नेपाल ल्याउदै गरेको मलसहित एकजना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २७ —

भारतको ४४औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) नरकटियागञ्जले नेपालतर्फ तस्करी गर्न लागिएको युरिया मल बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

सीमा क्षेत्रमा नियमित गस्तीका क्रममा एसएसबी टोलीले नेपालतर्फ लैजान लागिएको ६ बोरा युरिया मल र दुई वटा मोटरसाइकल सहित इनरवा निवासी ओमप्रकाश साहलाई पक्राउ गरेको जनाएको छ।

बरामद गरिएको युरिया मल, मोटरसाइकल तथा पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि बेतिया भन्सार कार्यालय (कस्टम)मा बुझाइएको एसएसबीले जनाएको छ।

भारतीय सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप कडा बनाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः