आत्मदाह प्रयास गरेका व्यवसायी राउतको उपचारकै क्रममा निधन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २७ —

काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन भएको छ।

५० वर्षीय राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो। उपचारका क्रममा केहीबेरअघि उनको निधन भएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पोस्टहरुः