आत्मदाह प्रयास गरेका विवेकको अवस्था गम्भीर, आज शल्यक्रिया हुँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २८ —

सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ र आईसीयूमा राखेर उपचार भइरहेको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार विवेकको शनिबार शल्यक्रिया गरिँदैछ।

विवेकले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। पछिल्ला केही दिनयता देशमा आत्मदाहका घटना बढिरहेका छन्।

बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन भएको थियो भने शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाहको प्रयास गरेका छन्।

सम्बन्धित पोस्टहरुः