खेल्ने क्रममा तातो तेलले पोलेर ३ वर्षीया बालिका घाइते

1200x150_1200x150-01.jpg (1)

बारा, असार २९ —

बाराको फेटा गाउँपालिका–१ भरवलियाकी ३ वर्षीया दिव्यान्सी कुमारी खेल्ने क्रममा तातो तेलले पोलेर घाइते भएकी छन्।

आइतबार साँझ करिब ७:३० बजे आफ्नै घरमा खेल्ने क्रममा खाना पकाउन तताइएको तेलको कराईमा ठोक्किँदा उनको दाहिने हात करिब ८ प्रतिशत जलेको प्रहरीले जनाएको छ।

घाइते बालिकाको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः