प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न सक्दैन : गगन थापा

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार २९ —

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमाथि प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्।

पार्टीको कार्यक्रममा बोल्दै थापाले आफ्नो पुरानो घर रहेको रातोपुलमा शंकास्पद रूपमा गाडी राखिएको उल्लेख गर्दै सरकार नै प्रश्न गर्नेहरूको मुख बन्द गर्न लागेको आरोप लगाए। उनले यस्तो गतिविधि खेदजनक भएको भन्दै यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि प्रहार गरेको बताए।

थापाले आफूले सरकारका कमजोरीमाथि आलोचना र प्रश्न उठाएको कारण यस्तो दबाब सिर्जना गर्न खोजिएको दाबी गर्दै कुनै पनि डर वा दबाबबाट पछि नहट्ने स्पष्ट पारे। साथै, यस्ता प्रवृत्तिले विगतमा पनि राजनीतिक दलहरूलाई क्षति पुर्‍याएको स्मरण गराउँदै सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरे।

भर्खरै

सम्बन्धित पोस्टहरुः