महावीर मन्दिरको आर्थिक रहस्य कहिलेसम्म ?

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २९ —

वीरगंजको ऐतिहासिक तथा प्रसिद्ध महावीर मन्दिरको आर्थिक पारदर्शितामाथि स्थानीय बासिन्दा र सरोकारवालाले प्रश्न उठाएका छन्। मन्दिरमा भक्तजनबाट प्राप्त हुने दान–दक्षिणा, सुन–चाँदी तथा व्यावसायिक सटरबाट उठ्ने आम्दानीको विवरण सार्वजनिक नगरिएको भन्दै उनीहरूले व्यवस्थापन समितिसँग स्पष्ट हिसाब माग गरेका छन्।

स्थानीयका अनुसार मन्दिर परिसरमा रहेका व्यावसायिक सटरबाट नियमित रूपमा भाडा संकलन हुने र भक्तजनबाट ठूलो परिमाणमा नगद तथा जिन्सी दान आउने भए पनि त्यसको आम्दानी–खर्च, बैंक खाता, लकरमा रहेका बहुमूल्य सामग्री वा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छैन।

उनीहरूले मन्दिरको आम्दानी समाजसेवा, अनाथ तथा विपन्न बालबालिकाको सहयोग, सांस्कृतिक संरक्षण र धार्मिक सम्पदाको विकासमा पर्याप्त रूपमा प्रयोग नभएको समेत गुनासो गरेका छन्।

स्थानीय बुद्धिजीवी र युवाहरूले महावीर मन्दिर सार्वजनिक धार्मिक सम्पत्ति भएकाले यसको आर्थिक गतिविधि पूर्ण रूपमा पारदर्शी हुनुपर्ने बताएका छन्। उनीहरूले नियमित लेखापरीक्षण, श्वेतपत्रमार्फत आम्दानी–खर्च सार्वजनिक गर्न तथा सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्टै कोष स्थापना गर्न माग गरेका छन्।

यद्यपि, समाचार तयार पार्दासम्म महावीर मन्दिर व्यवस्थापन समितिको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

भर्खरै

सम्बन्धित पोस्टहरुः