माजिद अन्सारीलाई बिनासर्त रिहा गर्न एम्नेस्टीको माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २९ —

एम्नेस्टी इन्टरनेसनल नेपालले जेनजी अभियन्ता माजिद अन्सारीलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

सोमबार जारी विज्ञप्तिमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीप्रति ऐक्यबद्धता जनाउन पुगेका माजिद अन्सारी, सरिष्मा थापा र नेल्सन घतानीलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

एम्नेस्टीले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा प्रहरीबाट उनीहरूमाथि गालीगलौज, कुटपिट तथा अत्यधिक बल प्रयोग भएको देखिएको उल्लेख गर्दै यस्तो व्यवहारले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको उल्लङ्घन गरेको जनाएको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले नागरिक स्वतन्त्रतामाथि यस्तो हस्तक्षेप चिन्ताजनक रहेको भन्दै पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः