गृहमन्त्री गुरुङले बारामा मिटरब्याज पीडितसँग छलफल गर्दै

1200x150_1200x150-01.jpg (1)

बारा, असार ३० –

गृहमन्त्री सुधन गुरुङले बाराको सिमरामा पुगेर मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष छलफल गरेका छन्।

निजगढ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले पीडितहरूको गुनासो, समस्या तथा सुझाव सुन्दै समाधानका उपायबारे जानकारी लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढका सभापति सन्दीप भट्टराईका अनुसार गृहमन्त्री गुरुङले छलफलपछि निजगढ नगरपालिका–१, २ र ३ अन्तर्गत सिघौल क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

सो क्रममा स्थानीयवासीसँग भेटघाट गरी क्षेत्रका विकास, सुरक्षा तथा जनजीविकासँग सम्बन्धित समस्याबारे जानकारी लिने कार्यतालिका रहेको उनले बताए।

गृहमन्त्रीको भ्रमणलाई स्थानीय समस्याको पहिचान र समाधानका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित पोस्टहरुः