सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेकको उपचारका क्रममा निधन

1200x150_1200x150-01.jpg (1)

पर्सा ,असार ३० —

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
असार २६ गते आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज राति करिब २ बजे मृत्यु भएको हो।

मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पतालबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौं ल्याइएको थियो।

कीर्तिपुर बर्न अस्पतालमा सघन उपचार भइरहे पनि उनको ज्यान बचाउन चिकित्सक सफल हुन सकेनन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः