लामो अन्तरालपछि संसद पुगे प्रधानमन्त्री बालेन, प्रवेश शैलीलाई लिएर एमालेको आपत्ति

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार ३० —

प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन्। जेठ १७ गतेपछि पहिलो पटक संसद पुगेका प्रधानमन्त्री शाह सोमबार बिहान ११ बजे बैठक सुरु भए पनि दिउँसो करिब पौने २ बजे संसद भवन प्रवेश गरेका थिए।

प्रधानमन्त्री शाह झन्डै २० मिनेट बैठकमा सहभागी भएर बाहिरिएका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै संसदमा प्रवेश गरेका थिए।

प्रधानमन्त्रीको प्रवेश शैलीलाई लिएर भने प्रतिनिधिसभामा विवाद भएको छ। राप्रपाकी सांसद खुश्बु वलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसनअगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापत्ति जनाएका छन्।

सांसद महरले उक्त कार्य प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ‘छ’ विपरीत रहेको दाबी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराएका छन्। साथै, घटनाबारे सभामुखबाट स्पष्ट रुलिङ आउनुपर्ने माग एमालेले गरेको छ।

सम्बन्धित पोस्टहरुः