वीरगंज ३० असार । तेरापन्थ युवक परिषद् वीरगंज, नेपालको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा विद्यार्थी तथा अभिभावक गरी ११० जनाको निःशुल्क स्वास्थ्य तथा आँखा परीक्षण गरिएको छ ।
मंगलवार बारा जिल्लाको परवानीपुर गाउँँपालिका–५, बहुअरी टोल स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित शिविरमा किरण आँखा अस्पताल तथा गुडलाइफ मेडिकोका विशेषज्ञ चिकित्सकहरूले सहभागीहरूको स्वास्थ्य तथा आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेका थिए।
शिविरका क्रममा आँखा एलर्जी, आँखाबाट पानी बग्ने लगायतका समस्याका लागि आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। ्
यसैगरी विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १०० जोर जुत्ता निःशुल्क वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महन्थ प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक रामेश्वर पटेल, तेरापन्थ युवक परिषद् वीरगंजका अध्यक्ष सुनिल दुगर, द्वितीय उपाध्यक्ष सौरभ भुटोरिया, मन्त्री पियुष जम्मर, सदस्य तथा मिडिया इन्चार्ज आशिष जैन, वडा अध्यक्ष रामेश्वर साह कलवार, वडा सदस्यहरू दारा सिंह पटेल, महेश साह, उषा देवी राम लगायतको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक धुरन्धर प्रसादले धन्यवाद व्यक्त गरेका थिए ।






