वीरगंजमा छापा, तीन लाख रुपैयाँ बराबरका अवैध कपडा बरामद

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार ३१ —

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ छपकैया सुकुम्बासी टोलमा छापामारी गरी करिब तीन लाख रुपैयाँ बराबरका अवैध कपडा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्ज, इलाका प्रहरी कार्यालय छपकैया तथा वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले मंगलबार छापामारी गरेको हो।

खानतलासीका क्रममा मेलु साह तुराहाको घर र गोठबाट लुकाइछिपाइ राखिएका सुटिङ, थानका कपडा तथा कुर्ता–सुरुवालका कपडासहित पाँच पोका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद कपडाको अनुमानित मूल्य तीन लाख रुपैयाँ रहेको छ। उक्त सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साले जनाएको छ।

सम्बन्धित पोस्टहरुः