स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा, फ्रान्स २–० ले पराजित

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार ३१ —

स्पेन १६ वर्षपछि फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा गएराति भएको पहिलो सेमिफाइनलमा उपाधिको दाबेदार फ्रान्सलाई २–० ले हराउँदै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको हो।

स्पेनका लागि मिकेल ओयार्जाबलले २२औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई उनले सफलतापूर्वक जाली चुमाएका थिए।

दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले डानी ओल्मोसँगको उत्कृष्ट समन्वयपछि शानदार गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्स खेलमा फर्किन नसक्दा स्पेन सहज रूपमा फाइनलमा पुगेको हो।

सन् २०१० को विश्वकप विजेता स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल आज राति पौने १ बजे हुनेछ भने विश्वकपको फाइनल साउन ३ गते आइतबार राति पौने १ बजे खेलाइनेछ।

सम्बन्धित पोस्टहरुः