अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा, मेसीको जादुमा इङ्ल्यान्ड स्तब्ध

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार ३२ —

कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शन र इन्जुरी समयमा लाउटारो मार्टिनेजले गरेको निर्णायक गोलको मद्दतमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा सम्पन्न सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए।

तर खेलको अन्तिम चरणमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। ८५औँ मिनेटमा मेसीको पासमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए भने इन्जुरी समयको दोस्रो मिनेटमा मेसीकै आकर्षक क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै अर्जेन्टिनाले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा युरोपेली च्याम्पियन स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्ने अभियानमा रहेको छ।

यता, १९६६ पछि पहिलो पटक विश्वकप फाइनल पुग्ने इङ्ल्यान्डको सपना अन्तिम क्षणमा चकनाचुर भएको छ। अब इङ्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित पोस्टहरुः