हत्या अभियोगमा दोषी ठहरिएका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न आदेश

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार ३२ —

सर्वोच्च अदालतले हत्या अभियोगमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई कारागारमा रहेका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा (रिट नं. ६) ले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै महोत्तरी जिल्ला कारागार जलेश्वरलाई कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।

अदालतले जारी गरेको पत्रमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा भएको आदेशअनुसार निवेदक लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दाबाट थुनामा राख्नुपर्ने अवस्था नभए तत्काल रिहा गर्न भनिएको छ।

साथै आदेशको प्रमाणित प्रतिलिपि जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर तथा सम्बन्धित निकायमा समेत पठाइएको उल्लेख छ। यस आदेशसँगै पूर्वसांसद कोइरीको थुनामुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।

सम्बन्धित पोस्टहरुः