धरौटी आदेशपछि पनि दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ३२ —

जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा आरोपित बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग १ करोड ५० लाख रुपैयाँ तथा धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग १ करोड ५० लाख र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको हो। साथै हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसम्बन्धी अर्को मुद्दामा अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ।

यद्यपि सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले धरौटी बुझाए पनि दुवै जना तत्काल रिहा हुने छैनन्।

सम्बन्धित पोस्टहरुः