युगान्डामा स्कुल बस दुर्घटना : २० विद्यार्थीसहित २१ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

एजेन्सी साउन २ –

पूर्वी अफ्रिकी राष्ट्र युगान्डामा शैक्षिक भ्रमणबाट फर्किँदै गरेको स्कुल बस दुर्घटना हुँदा २० जना विद्यार्थीसहित कम्तीमा २१ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार पूर्वी युगान्डाको कापचोरवा क्षेत्रमा भएको दुर्घटनामा विद्यालयका कर्मचारीलगायत अन्य धेरै व्यक्ति घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको भए पनि घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन।

प्रारम्भिक अनुसन्धानअनुसार चेकवाटिट पहाडी क्षेत्रमा बसमा यान्त्रिक समस्या देखिएपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा परेका विद्यार्थीहरू पर्यटकीय क्षेत्र सिपी फल्सको शैक्षिक भ्रमण सकेर फर्किरहेका थिए।

युगान्डामा तीव्र गति, मर्मत नगरिएका सवारीसाधन तथा जोखिमपूर्ण सडकका कारण हरेक वर्ष ठूलो संख्यामा सडक दुर्घटना हुने गरेको ट्राफिक अधिकारीहरूले बताएका छन्।

सम्बन्धित पोस्टहरुः