तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन २ —

मनसुन थप सक्रिय भएसँगै आजदेखि लगातार तीन दिन देशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको छ। यो क्रम आइतबार र सोमबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले भारी वर्षासँगै बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन र लामो दूरीको यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेका छन्। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अनावश्यक यात्रा नगर्न पनि सुझाव दिइएको छ।

सम्बन्धित पोस्टहरुः