पर्सा , साउन २ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारको नियतमाथि कुनै शंका नरहेको बताएका छन्।
रौतहटमा पार्टी नेताहरूसँगको छलफलमा उनले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने भए पनि नियत सही भएकाले आवश्यक परे तत्काल सुधार गर्न सकिने बताए। किसान, मजदुर र विपन्न वर्गलाई असर पर्ने कुनै पनि नीति दीर्घकालसम्म कायम नरहने उनको भनाइ थियो।
लामिछानेले सुरुमा विवादमा परेका धेरै निर्णय पछि सही साबित भएको उदाहरण रहेको उल्लेख गर्दै वास्तवमै गलत निर्णय भए सच्याइने बताए। साथै, पार्टी गलत बाटोमा गए खबरदारी गर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै सरकारले कमजोरी गरे पार्टीले अभिभावकको भूमिका निर्वाह गर्ने बताए।







