सिंहदरबारमा धर्ना दिने दुई महिलालाई लछारपछार गर्दै हटाइयो

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन , २ —

गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको छ।

हिंसापीडित भन्दै लामो समयदेखि न्यायको माग गर्दै आएकी ‘कुमारी आमा’का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले लछारपछार गर्दै धर्नास्थलबाट हटाएको हो।

दुवै जना गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या राख्न पाउनुपर्ने मागसहित पछिल्ला पाँच दिनदेखि सिंहदरबार गेटमा धर्ना दिँदै आएका छन्। प्रहरीले भने हरेक दिनजसो बल प्रयोग गरेर उनीहरूलाई हटाउँदै आएको छ।

सम्बन्धित पोस्टहरुः