अल्पाइन माविद्वारा टपर विद्यार्थीलाई नगद पुरस्कार प्रदान

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३ साउन ।
अल्पाइन हाइ स्कूल वीरगंजको कक्षा ११ (साइन्स एण्ड म्यानेजमेन्ट) को स्वागत कार्यक्रम शनिवार होटल भिस्वामा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा अमेरिकन एम्बेसीको ओएफपी प्रोग्राममा यस वर्ष चुनिएका विद्यार्थी अनुज रौनियारका अभिभावकहरूलाई सम्मान गरिएको थियो । साथै कक्षा ११ को साइन्स टपर साक्षी पटेल तथा म्यानेजमेन्टका टपर नाजिया खातुनलाई नगद रू. १० हजार पुरस्कार उपलब्ध गराइएको थियो ।
एमबिबिएस तथा आइओईमा छात्रवृत्ति प्रदान गर्ने विद्यार्थीहरूलाई आउने वर्षमा पनि रू १ लाख नगद पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा विद्यालयका फाउन्डर विनोद उपाध्याय, डाइरेक्टर तथा प्रिन्सिपल विशाल उपाध्याय, डाइरेक्टरहरू विनोद साह, श्याम सुन्दर सर्राफ, अकबर हुसेन तथा ४० जना शिक्षकहरूको उपस्थिति थियो। उक्त कार्यक्रम कक्षा १२ का विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

सम्बन्धित पोस्टहरुः