छपकैयामा विद्युत अवरोधको समस्या समाधान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन २ —

छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी तीन दिनको निरन्तर प्रयासपछि पत्ता लगाएर समाधानको चरणमा पुर्‍याइएको नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणका अनुसार नगवा पोखरी नजिक केबलमा आएको खराबी पहिचान भएपछि निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइनमार्फत वैकल्पिक विद्युत आपूर्ति सञ्चालन गरिएको छ। लगातार वर्षा र विभिन्न चुनौतीका बीच प्राविधिक टोलीले दुई दिनमै ओभरहेड लाइन निर्माण सम्पन्न गरी सफलतापूर्वक चार्ज गरेको जनाएको छ।

यसअघि केबलमा खराबी आएपछि बलिरामपुर, छपकैया र नगवा फिडर प्रभावित भएका थिए। अब नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएसँगै वीरगञ्जमा विद्युत सेवा थप नियमित, गुणस्तरीय र भरपर्दो हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः