प्रेम विवाहको माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार

1200x150_1200x150-01.jpg (1)

सर्लाही , साउन ३ —

आफूले रोजेको युवतीसँग विवाह गर्न नपाएको विरोधमा नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका सर्लाहीका एक युवकको सकुशल उद्धार गरिएको छ।

गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवास्थित टेलिकम टावरमा चढेका थिए। प्रहरीले जनाएअनुसार अभिभावकले प्रेमिकासँग विवाह गर्न अनुमति नदिएपछि दबाब सिर्जना गर्न उनी टावरमा चढेका हुन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा परिवारका सदस्यको समन्वयमा सम्झाइ–बुझाइ गरेपछि हुसेन सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका थिए। त्यसपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः