वीरगंज , साउन ३ –
सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्न प्राविधिक समस्या देखिएपछि विश्वभरका प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन्।
ब्राउजरमार्फत फेसबुक खोल्दा “Account Temporarily Unavailable” भन्दै साइटमा आएको समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध नभएको सन्देश देखिएको छ। फेसबुकले समस्या छिट्टै समाधान हुने जनाउँदै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरेको छ।
यस्तै, सेवा अवरोध निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुक डाउन भएको गुनासो गर्ने प्रयोगकर्ताको संख्या एक्कासि बढेको छ।
हाल समस्या समाधानको प्रयास भइरहेको जनाइएको छ।







